काठमाडौँ – नाबालिका करणीको आरोपमा पक्राउ परेका कलाकार पूर्णविक्रम शाह (पल शाह)थप १२ दिन थुना रहने भएका छन् ।


ADVERTISEMENT


जिल्ला अदालत तनहुँले आइतबार शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।


ADVERTISEMENT

# # #


कास्कीकी एक किशोरीले कलाकार शाहले आफूमाथि पटकपटक जबरजस्ती करणी गरेको भन्दै फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । त्यसको ४ दिनपछि फागुन १५ मा उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १९ को उपदफा २ अनुसार १८ वर्षमुनिका बालबालिकासँग सहमतिमै गरिएको शारिरिक सम्बन्धलाई समेत बलात्कार मानिन्छ । जाहेरीमा उल्लेख गरिएको घटना भएको मिति अनुसार पीडित बालिका १६ वर्ष कम उमेरी भएकाले आरोप प्रमाणित भएमा पल शाहलाई १२ देखि १४ वर्षसम्म जेल सजाय हुन सक्छ ।