काठमाडौँ – नारी दिवसको अवसरमा नेपालको सबैभन्दा ठूलो ई-कर्मस स्मार्टडोकोले ‘वुमनस् डे अफर’ ल्याएको छ । स्मार्टडोकोले नारी केन्द्रित सामानहरुमा ४० प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो ।


ADVERTISEMENT


कम्पनीका अुनसार महिलाहरुले न्यूनतम २ हजार रुपैयाँको किनमेल गर्दा २ सय रुपैयाँको गिफ्ट कार्ड पाउन सक्नेछन् । नारी दिवसको अवसरमा “ट्याग एण्ड वीन” समावेश गरिएको छ । जहाँ २ जना भाग्यशालीले स्मार्टडोकोको इन्सटाग्राममा कमेन्ट गरि स्मार्टडोकोबाट आकर्षक उपहार जित्ने मौका पाउन सक्ने कम्पनीको भनाई छ ।


ADVERTISEMENT

# # #


स्मार्टडोकोले Earth Rhythm, Mamaearth, Tresemme, Victoria’s Secret, Dot & Key र अन्य धेरै ब्रान्डहरुमा ४० प्रशितसम्म छुट सहित महिला केन्द्रित सामानहरुमा उत्कृष्ट डिल र छुटहरु प्रदान गर्दैछ ।

स्मार्टडोकोसँग हाल १० हजारभन्दा बढी प्रडक्टहरु विभिन्न क्याटेगोरीमा उपलब्ध छन्, जसमा ग्राहकले सजिलैसँग बेबी केयर, इलेक्ट्रोनिक्स, फू्रड एण्ड ग्रोसरिज, तथा विभिन्न प्रकारका सामान खरिद गर्न सक्नेछन् ।

ग्राहकहरुले आफ्नो मनपर्ने सामानहरु एन्ड्रोइड र आइओएस दुवैमा स्मार्टडोको एप डाउनलोड गरी वा अनलाइनमार्फत् पनि अर्डर गर्न सक्नेछन् । स्मार्टडोकोका ग्राहकहरुले काठमाडौं उपत्यकाको रिङरोडभित्र तुरुन्त डेलिभरी र काठमाडौं उपत्यका बाहिर नेपालका ७७ जिल्लामा डेलिभर सेवा उपलब्ध गराइएको छ ।

यस अफर फाल्गुन २२ (आज) देखि फाल्गुन २४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।