काठमाडौँ – सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि अभियानको घोषणा गरेको छ । काँग्रेसको कार्यसमितिको बैठकले निर्वाचनको तयारीका लागि ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान घोषणा गरेको हो ।


ADVERTISEMENT


बुधबार पत्रकारसम्मेलन गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले आम नागरिकको बीचमा काँग्रेसलाई शसक्त रुपमा पुर्याउने र हरेक घरमा नेपाली काँग्रेसको स्थानीय नेतृत्व पुग्ने र काँग्रेसको विचार, सिद्धान्त र काँग्रेसले गरेको काम र भोलिको योजनाबारे जनतालाई सुसूचित गर्ने, जनताका इच्छा, आकांक्षा र चाहना बुझ्ने उद्देश्यले उक्त अभियान ल्याइएको बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘राष्ट्रिय मुद्दाहरुमा विपक्षीहरुले भ्रम छरेका छन् । कुप्रचार विभिन्न कोणबाट भएका छन् । तिनलाई चिर्ने, खास गरेर वैशाख ३० गतेको स्थानीय निर्वाचनलाई केन्द्रित गरेर हामीले यो अभियान सञ्चालन गरेका छौँ ।’ उनका अनुसार फागुन २९ गतेदेखि चैत्र २९ गतेसम्म रहनेछ ।

काँग्रेसले यस अभियानमा ८ वटा उद्देश्य तय गरेको छ । जसअनुसार मतदानमा सहभागी भइ आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न आम मतदातालाई अपील गर्ने, काँग्रेसका
वडातहसम्मकै कार्यकर्तालाई जिम्मेवारी दिइने, कोरोना नियन्त्रण, खोप उपलब्धतामा सरकारले गरेका काम बुझाउने र अमोरिकी सहायतासम्बन्धी सम्झौता एमसीसीबारे व्यापक रुपमा भ्रम फैलाइएकाले त्यसलाई चिर्ने लगायतका विषय रहेको उनले प्रवक्ता महतले जानकारी दिए ।