काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न स्थानीय तहको निर्वाचनमा सबै नागरिकलाई सामेल गर्नका लागि काँग्र लागी पर्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री शर्माले निर्वाचनमा काँग्रेस मत माग्न मात्र नभई निर्वाचनलाई मर्यादित बनाउन भूमिका खेल्ने बताए । उनले निर्वाच चिन्हमा हरियो रंग प्रयोग गर्ने निर्वाचन आयोगको निर्णयमाथि प्रश्न उठाएका एमाले अध्यक्ष केपी शर्माओलीलाई समेत जवाफ फर्काएका छन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘उहाले राखेको प्रश्नका केही जवाफ दिनुछैन । तर, एउटा उखान चर्चामा छ भर्खरै सुरु भएको, पहिले साउनमा के भएको के ले वर्षैभरि हरियो देख्छ भन्थे, अहिले विभाजित भएको कम्युनिस्ट पार्टी हरियो रंगदेखि तर्सिन्छ भन्ने खालको नयाँ उखान सुरु भएको छ ।’

उनले अघि थपे, ‘कसैले तर्सिन गर्दैन र हामीहरु स्वस्थ प्रतिस्पर्धामा जान्छौँ । त्यही अनुसार नै हामीले घरघर जाऔँ, काँग्रेस जिताऔँ अभियान सुरु गरेका छौँ ।’ उनले निर्वाचनमा सबैलाई सहभागी गराउने, निर्वाचन आचारसंहित पालना गर्न पार्टी पंङ्ती र अन्य पार्टीलाई सचेत गराउने बताए ।

मंगलबार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले भनेका थिए, ‘निर्वाचन आयोगले मतपत्रका चिन्हहरुमा हरियो राख्ने भयो रे । हरियो चिन्ह किन राख्ने रु के कारणले राख्ने रु निर्वाचन आयोगले बताउनु पर्यो ? यदि हरियो चिन्ह राख्ने हो भने कुन हिसाबले राख्ने ? धार्मिक हिसाबले राख्ने हो वा कसैको हरियो देखिने चिन्ह छ, त्यसैले राख्ने ? सबैले, कमजोर आँखा देख्नेले रुखैरुख देखोस् भनेर राख्ने हो ?