काठमाण्डौं-निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका नाइकेहरूले विदेशबाट फोन गरी व्यापारीलाई धम्क्याएर रकम असुलिरहेको छ । गिरोहका मुख्य नाइके समीरमानसिंह बस्नेत र लोप्साङ लामाले विदेशबाट फोन गरी धम्क्याइरहेको स्रोत बताउँछ । हत्यामा संलग्न सातजना प्रहरी हिरासतमा छन् ।


ADVERTISEMENT


उनीहरू सबै घटनाका सहायक अभियुक्त मात्र हुन् । हत्याका मुख्य योजनाकार पक्राउ नपर्दा व्यवसायी थप त्रसित भएका छन् । प्रहरीले योजनाकार समूहका एकजनालाई पनि पक्राउ गरेको छैन ।


ADVERTISEMENT

# # #


प्रहरीले समेत बस्नेत र लामा समूहले गौचनको हत्या गरेको पुष्टि गर्दै प्रतिवेदन सार्वजनिक गरेपछि उनीहरूको मनोबल उच्च भएको छ । सोही कारण उनीहरूले धम्की र असुलीलाई बढाएका छन् । नेपालका ठूला ठेकेदार, सुन व्यवसायी र उद्यमीहरू उनीहरूको निशानामा परेका छन् । प्रहरीले गौचनलाई गोली हान्नेमध्ये राजीव स्याङ्तान एक भएको बताए पनि उनले आफूले गोली चलाएको अस्वीकार गरेका छन् ।

शुक्रबार मात्र एक व्यवसायीलाई बस्नेतले फोन गरेर पैसा माग्दै धम्काएका थिए । मोबाइल एपमार्फत व्यापारीहरूलाई फोनमा धम्की आउने गरेको छ । त्यस्ता एपबाट हुने फोनको आइपी ठेगाना तथा सर्भर पत्ता लगाउन कठिन हुने गरेको प्रहरीको भनाइ छ । जस कारण उनीहरूले आतंक फैलाउँदै लगेका छन् ।

स्रोतका अनुसार हुन्डीमार्फत दुबईमा पैसा पठाउन भन्दै उनीहरूले व्यापारीलाई धम्काइरहेका छन् । पैसा नदिए गौचनको जस्तै हालत बनाइदिने बताएपछि धेरै व्यापारीले डराएर पैसा पठाइसकेको स्रोतको भनाइ छ । नवराज मैनालीले नयाँ पत्रिकामा लेखेका छन् ।

मनोज पुनको समूहलाई पक्राउ गर्न प्रहरी दुई वर्षदेखि लागिपरे पनि सफल हुनसकेको छैन । पटकपटक नेपाल प्रहरीको टोली भारत पुगे पनि भारतीय प्रहरीले समेत असहयोग गरेको स्रोत बताउँछ । तीनैजना नाइके इन्टरनेटमार्फत मात्र आफ्नो समूहसँग सम्पर्कमा रहने गर्छन् । भारतीय नागरिकको संरक्षणमा रहेका कारण उनीहरूलाई प्रहरीले पक्राउ गर्नसकेको छैन । – आजको नयाँ पत्रिकाबाट