काठमाण्डौं-एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना स्वदेशी लगानीमा नै निर्माण हुने भएको छ ।


ADVERTISEMENT


निर्माणको जिम्मा पाएको चिनिया कम्पनिसँगको सम्झौता रद्ध गरी सरकारले स्वदेशी लगानी र स्वदेशी प्रविधि प्रयोग गरेर बनाउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


हिजो बसेको मन्त्रिपरिषद बैठकले सो आयोजना इन्जिनियरिङ प्रक्र्युरमेन्ट एन्ड कन्ट्रक्सन (इपीसी) मोडलमा बनाउने निर्णय गरेको उपप्रधान एवन उर्जामन्त्री कमल थापाले जानकारी दिए ।

चाइना गेजुवा कम्पनीसँग भएको निर्माणको सम्झौता गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले खारेज गर्ने निर्णय गरेको थियो ।

गेजुवासँगको सम्झौता खारेज भएपछि सो आयोजना बन्ने र नबन्ने वा यसको भविष्य के हुने भन्ने चासो बढेको थियो ।

सो आयोजना इपिसी मोडलमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरणलाई जिम्मेवारी दिने निर्णय भएको पनि मन्त्री थापाले जानकारुी दिए । यस्तै सरकारले बुद्धिबहादुर खड्कालाई सचिवमा बढुवा गरेको छ ।