काठमाण्डौं-प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले प्रदेश तथा प्रतिनिधि सभाको पहिलो चरण अन्तर्गत भोली हुने निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त पारिएको बताएका छन ।


ADVERTISEMENT


राजधानीमा आज आयोजित कार्यक्रममा प्रमुख आयुक्त यादवले सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्भिकताका साथ मतदानमा सहभागी हुन मतदातालाई आग्रह समेत गरेका छन ।


ADVERTISEMENT

# # #


उनले पहिलो चरणमा निर्वाचन हुने हिमाली तथा उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा विशेष सुरक्षा व्यवस्था लागु भैसकेको भन्दै भयरहित वातावरणमा ढुक्क भएर मतदानमा सहभागी हुन सबै मतदातालाई आग्रह गरेका हुन ।

उनले मतदान प्रक्रियाका लागि महिला र पुरुषको छुट्टाछुट्टै लाइन तथा अशक्त व्यक्तिका लागि विशेष व्यवस्था मिलाउन निर्वाचनमा खटिने मतदान अधिकृतलाई निर्देशन दिइसकेको समेत बताए ।

पहिलो चरणको निर्वाचनको मतगणना २१ गते हुने दोस्रो चरणको निर्वाचन पछि सँगै गरिने हुँदा १० दिनसम्म मतपेटिका जिल्लामा सुरक्षित राख्नका लागि पनि निर्वाचन अधिकृतहरुलाई आयुक्त यादवले निर्देशन दिए ।

पहिलो चरणमा भोली १० गते आइतबार ३२ जिल्लाको प्रतिनिधि सभा तर्फ ३७ र प्रदेश सभा तर्फ ७४ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ ।