काठमाण्डौं-२०७४-इटालियन क्लब एसी मिलानले अस्ट्रिया वाइनलाई ५–१ ले पराजित गर्दै युरोपा लिगको दोस्रो चरणमा स्थान बनाएको छ । क्रिस्टोफ मोन्सचेनको गोलले घरेलु टोली खेलमा पछाडि परे पनि राम्रो पुनरागमन गर्न सफल रह्यो ।


ADVERTISEMENT


उसका लागि प्याट्रिक कुट्रोने र आन्द्रे सिल्भाले २–२ गोल गरे । अर्को एक गोल रिकार्डो रोड्रीग्वेजको नाममा रह्यो ।


ADVERTISEMENT

# # #


समूह ‘एच’ मा आर्सनल जर्मन क्लब कोल्नको मैदानमा १–० ले पराजित भए पनि शीर्षस्थान हात पार्न सफल रह्यो । बाटे बोरिसोभ र रेड स्टार बेलग्रेडको खेल गोलरहित बराबरीमा टुंगिएसँगै आर्सनल शीर्षस्थानमा रहेको हो ।

अर्को इंग्लिस टोली एभरटन घरेलु मैदानमा इटालियन टोली एटालान्टासँग ५–१ ले पराजित भयो ।