वीरगन्ज – आजादीका अमृत महोत्सवको रूपमा, बीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा वाणिज्य दूतावास परिसरमा ०८ मार्च २०२२ को दिन अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।


ADVERTISEMENT


महावाणिज्यदूत नितेश कुमार ज्यूले यस्ता कार्यक्रम आयोजनाको महत्व र आवश्यकतामा जोड दिए । कार्यक्रममा राजनीति, व्यवसाय, शिक्षण, सामाजिक कार्य र नागरिक समाज जस्ता समाजका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्दै मधेस प्रदेशका करिब २५ प्रतिष्ठित महिलाहरुको सहभागिता रहेको थियो ।


ADVERTISEMENT

# # #


यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नारा दिगो भविष्यको लागि आज लैङ्गिक समानतामा महिलाहरू द्वारा आफ्ना विचारहरू प्रस्तुत गरियो। महिलाहरूले आफ्नो संघर्ष, उपलब्धि र पूर्वाग्रह तोड्ने तरिका र उपायहरूबारे कुरा गरे ।