काठमाण्डौं-निर्वाचन आयोगले चुनावी अनुगमनका लागि कञ्चनपुर जिल्लामा खटिएका, युरोपेली संघ (इयु)का दुई पर्यवेक्षकलाई आचारसंहिता विपरीत कार्य गरेको भन्दै फिर्ता बोलाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


पहिलो र दोस्रो संविधानसभा चुनावमा समेत अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु खटिएको भए पनि आचारसंहिता उल्लंघन गरेको आरोपमा फिर्ता बोलाएको यो पहिलो घटना भएको आयोगले जनाएको छ ।


ADVERTISEMENT

# # #


ती दुई पर्यवेक्षकलाई अन्य स्थानमा समेत आसन्न चुनावको पर्यवेक्षण गर्न नदिइने आयोगका अधिकारीहरुले बताएका छन् ।

मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पर्यवेक्षणका लागि हालसम्म करिब डेढ सयजना अन्तर्राष्ट्रिय पर्यवेक्षकले निर्वाचन आयोगबाट स्वीकृति लिएका छन् ।