काठमाण्डौं-झापाको दमकस्थित एमाले अध्यक्ष केपी ओलीको घर बाहिर बम बिस्फोट भएको छ । शनिबार बिहान ४ बजे बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


विस्फोटबाट कुनै क्षती भने भएको छैन । घरको गेट बाहिर झोला एउटा झुण्ड्याइएको अवस्थामा रहेको र त्यहाँ पनि बम हुन सक्ने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक दिपक गिरीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


झोलाभित्र शंकास्पद बस्तु भएकोले त्यसलाई डिस्पोज गर्न केरखाबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल आइपुगेको छ ।
कुन बम विस्फोट भएको र कसले गराएको भन्ने बारे अनुसन्धान भइरहेको बम विस्फोट गराउनेको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ प्रहरीले दमकको सुरक्षा व्यवस्था कडा बनाएको छ ।