काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनलाई चुनावसम्म लैजान सक्ने संकेत गरेका छन् ।


ADVERTISEMENT


बिहीवार वीरगञ्जमा कांग्रेस पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहदेखि संघीय चुनावसम्म गठबन्धन गर्ने विषयमा छलफल हुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘हामीले सबैको सहयोग लिएर अगाडि बढ्नुपर्छ, एक्लै चुनाव लड्दाको अवस्था के थियो ?,’ उनले भने, ‘एक्लै बहुमत ल्याउन सकिँदैन कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने अवस्था छ ।’

उनले गठबन्धनकै सहयोगमा कांग्रेसको सरकार र आफू प्रधानमन्त्री बनेको भन्दै गठबन्धनलाई एक साथ लानु लोकतन्त्र र स्वयं पार्टीका लागि पनि ठिक भएको उल्लेख गरे ।