काठमाण्डौं-जाडो छल्न अन्यत्र गएका र यहीँ मतदाता नामावलीमा नाम भएर जिल्ला बाहिर बसोबास गरेकाहरू अहिले धमाधम घर फर्कंदै छन् । उम्मेदवार र दलहरूले गाउँबाहिर रहेका आफन्तलाई बोलाउन स्थानीयसँग आग्रह गरिरहेका छन् । उम्मेदवारहरूले इष्टमित्र तथा समर्थकलाई बोलाएका छन् । दलहरूले पनि सबै ठाउँमा खबर पुर्‍याइसकेका छन् ।


ADVERTISEMENT


मतदाता बस, जिप, निजी सवारी, जहाज र हेलिकप्टरबाटसमेत आइरहेका छन् । उपल्लो मुस्ताङमा हेलिकप्टरबाट मतदाता ओसारिँदै छन् । सातायता हेलिकप्टरका दैनिक दर्जन बढी उडान भइरहेको जोमसोम विमानस्थल कार्यालयले जनाएको छ । यात्रु चाप बढेपछि तारा एयरलाइन्सले नियमित तथा चार्टर उडान थपेको विमानस्थल प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बेनी, पोखरालगायत स्थानमा बसेकाहरू निजी तथा सार्वजनिक सवारीबाट हूलका हूल आएका छन् । जिप तथा बस व्यवसायी समितिका अनुसार यात्रुको चापले गर्दा सवारी अपुग भएको छ । जोमसोमबाट लोमान्थाङ जाने सवारी अभावले कतिपय मतदाता रोकिएका छन् ।

निर्वाचन कार्यालय सबै मतदान केन्द्रमा आवश्यक कर्मचारी पठाइसकेको छ । दुर्गम र टाढाका केन्द्रमा तीन दिनअघि नै कर्मचारी पठाइएको मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिए ।