काठमाण्डौं-इजिप्टको उत्तरी प्रान्त सिनाईको एक मस्जिदमा शंकास्पद विद्रोहीले शुक्रबार गरेको आक्रमणमा २ सय ३५ जना भन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा कम्तीमा १ सय घाइते भएका छन् ।


ADVERTISEMENT


सो हमलाका जिम्मेवार ठानिएकाहरु माथि हवाई कारवाही शुरु गरेको इजिप्टको सशस्त्र फौजले जनाएको छ ।


ADVERTISEMENT

# # #


सन्दिग्ध बन्दुकधारीहरुले प्रयोग गरेको सवारी साधनमाथि उनीहरुको प्रहार लागेको फौजले बताएको छ ।

राष्ट्रपति अब्दुल फतह अल सिसिले इजिप्टको आधुनिक इतिहासकै सबभन्दा नराम्रो आक्रमण भनिएको उक्त कारवाहीप्रति कडा जवाफ दिने बताएका थिए ।

बन्दुकधारीहरुले रावडा मस्जिदमा शुक्रबारको प्रार्थनाका लागि आएका मानिसहरुमाथि बम आक्रमण गराएका थिए र भाग्न खोज्नेहरुमाथि गोली प्रहार गरेका थिए ।