काठमाण्डौं-प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीका दुईवटा मतदान केन्द्रलाई अपांगमैत्री बनाइएको छ । अशक्त तथा अपांगता भएकालाई मतदान गर्न सहज होस् भनेर दुईवटा मतदान केन्द्रलाई अपांगमैत्री बनाइएको हो । बेनी नगरपालिकास्थित बेनी सामुदायिक मावि र धौलागिरि मावि सिंगालाई अपांगमैत्री मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता खेमराज पाठकले बताए ।


ADVERTISEMENT


“दुईवटामै आवश्यक तयारी पूरा भएको छ, सबै मतदान केन्द्रमा यो सुविधा सम्भव छैन” पाठकले बताए । उनका अनुसार अपांगता भएका व्यक्तिलाई मतदान केन्द्रसम्म सहजै ह्विलचियरमा गुडाएर पु्ग्न सक्ने गरी ¥याम्प निर्माण गरिएको छ ।


ADVERTISEMENT

# # #


अपांगता भएका व्यक्तिलाई अन्य मतदाताझै मतदान केन्द्रमा पुग्न सक्ने अवस्था नरहने भएकाले मताधिकार दुरुपयोग गरिने, आवतजावतमा समेत सास्ती हुने भएकाले पनि ¥याम्प निर्माण गरिएको जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले बताए ।

आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता छन् । तीमध्ये ३९ हजार ४३५ महिला, ३६ हजार १०२ जना पुरुष र एकजना तेस्रोलिंगी छन् ।

एउटा निर्वाचन क्षेत्र रहेको यो जिल्लाको प्रदेशसभा (क) मा ४२ हजार ९९३ र (ख) मा ३२ हजार ५४५ मतदाता छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभातर्फ गरी कुल १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।