काठमाण्डौं-इलामस्थित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले स्थानीयबासीका लागि शेयर निष्कासन गर्ने भएको छ ।


ADVERTISEMENT


सो कम्पनीले इलाममा सञ्चालित १२ मेगावाट क्षमताको माई र ६ दशमलव १ मेगावाटको माथिल्लो माई–सी जलविद्युत आयोजनाबाट प्रभावित सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका बासिन्दाका लागि १० प्रतिशत शेयर निष्कासन गर्ने भएको हो ।


ADVERTISEMENT

# # #


यसका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइसकिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रति शेयर सय रुपैयाँको ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता शेयर निष्कासन गरिनेछ ।