काठमाडौँ– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ८०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २०० रुपैयाँले बढेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ३०० तोकिएकामा गत शुक्रबार प्रतितोला एक लाख दुई हजार १०० रुपैयाँ थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार ४२५ पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८७ डलर आसपास कारोबार भइरहेको छ । रासस