काठमाडौं – सिभिल बैंकले ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका, वडा नं ४ रुम्जाटारमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । रुम्जाटरको यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा आएको हो । उक्त एक्सटेन्सन काउन्टरको भौतिक पूर्वाधार विकास मन्त्रालयका भूतपूर्व मन्त्री अम्बिर बाबु गुरुङले उद्घाटन गरे ।


ADVERTISEMENT


समारोहमा उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के, रुम्जाटार यातायात ब्यवस्था कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्धिचरण नगरपालिका ४ का अध्यक्ष रत्नबहादुर गुरुङ, रुम्जाटार माविका प्रधानाध्यपक गोकर्णबहादुर बानियाँ, सिभिल बैंकका चिफ क्रेडिट बिजनेस सुमन आचार्य र प्रदेश एकका प्रमुख राजेश ढकाल लगायत सर्वसाधारणको उपस्थिति थियो ।


ADVERTISEMENT

# # #


अब त्यस क्षेत्रका सेवाग्राहीले यातायात व्यवस्था कार्यालयसँग सम्बन्धित सम्पूर्ण कर तथा दस्तुरहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग गर्न सक्नेछन् । बैंकका हाल देशभर ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टर तथा ९७ एटीएम संचालनमा छन् । जसमध्ये ७ वटा एक्सटेन्सन काउन्टर नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित हुन् ।