काठमाडौं – अब सानिमा बैंकको मोबाइल बैंकिङबाट खल्ती डिजिटल वालेट मा पैसा राख्न सकिने भएको छ । नेपालको लोकप्रिय अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले HYPERLINK “https://bit.ly/KhaltiDownload-PR” खल्ती HYPERLINK “https://bit.ly/KhaltiDownload-PR”’ ले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको जनाएको छ ।


ADVERTISEMENT


सानिमा बैंकका ग्राहकहरुलाई सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ एप मार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ।


ADVERTISEMENT

# # #


यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको सानिमा सजिलो ई–बैंकिङ्ग एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काका अनुसार ग्राहकहरूलाई सजिलो फण्ड मोबिलिटीमा जोड्न यो हाम्रो लागि अवसर भएको बताएका छन् ।

‘यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालको यात्रामा सहयोग पुऱ्याउनेछ भन्ने आशा लिएका छौं, उनले भने ।

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरी ६०,०००ं सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।