काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  ५०० रुपैयाँले घटेर एक लाख दुई हजार ३०० रुपैयाँमा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला  एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियोे ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  एक लाख एक हजार ८०० रुपैयाँ तोकिएको छ । जसको मूल्य आइतबार प्रतितोला  एक लाख दुइ हजार ३०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १० रुपैयाँले घटेर एक हजार ४१५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।


ADVERTISEMENT

# # #


महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको छ ।