पाँचथर – नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजीव ढुंगानाले अव हुने स्थानीय तहको निर्वाचनमा पाटी एक्लै भिड्ने बताएका छन् ।
नेपाल प्रेस यूनियन पाँचथरले सदरमुकाम फिदिममा शनिबार गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै उनले कुनै पनि दलहरुसँग तालमेल नगरी एक्लै चुनावमा भिड्ने बताएका हुन् ।


ADVERTISEMENT


सरकार संचालनमा मात्रै अहिलेको गठबन्धन रहको भन्दै भोली अहिलेकै गठबन्धन सँग चुनावमा तालमेल गरेर कांग्रेस चुनावमा नलड्ने बताए ।


ADVERTISEMENT

# # #


अब कांग्रेसले आईतबार बाट शुरु गर्ने घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔँ अभियानपछि पार्टी कसरी अघि बढ्ने भन्नेबारे पार्टीले आधिकारिक धारणा तय गर्ने उनको भनाई छ ।

पार्टीका भातृसंगठनका केन्द्रीय कार्य समिती मात्रै भंग गरिएको अन्य समितीहरु जिल्लामा यथावत रहेको हुँदा अब केन्द्रीय समितीले पनि चैत्र पहिलो सातामा सम्म नयाँ कार्य समिती पाउने बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पाँचथर जिल्ला सभापति रुपनारायण जवेगुले घरघर जाऔँ,नेपाली काग्रेसलाई जिताऔ अभियान पाँचथर जिल्लामा आईतबार बाट सुरुवात हुने बताए । प्रेस यूनियन जिल्ला शाखा पाँचथरका अध्यक्ष जितेन्द्र भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।