काठमाडौं – गायक प्रकाश सपुतको स्पष्टीकरणपछि पनि  नेकपा (माओवादी केन्द्र) निकट केही भातृ सङ्गठनले  ‘पीर’ नामक गीतले तत्कालीन जनयुद्धमा लागेका महिलाको अपमान गरेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


अखिल नेपाल महिला सङ्घ, जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा सङ्घ, जनसांस्कृतिक महासङ्घ र प्रेस सेन्टरलगायतले विज्ञप्ति प्रकाशन गरी गीतको भिडियोमा जनयुद्धमा होमिएका महिला र पुरुष अनैतिक कार्यमा पनि लागेको जस्तो व्यहोरा झल्कने गरी प्रस्तुत गरिएकाले यसले जनयुद्धप्रति नै अपमान गर्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।


ADVERTISEMENT

# # #


उक्त भिडियोका कतिपय प्रस्तुति आपत्तिजनक भएको भन्दै ती सङ्गठनहरुले सम्बद्ध व्यक्ति तथा निकायको ध्यानाकर्षण पनि गराएका छन् ।

यता केही बुद्धिजीवी तथा सामाजिक सञ्जालमा भने गीतले समाजको चरित्र बोलेको बताइँदै आएको छ । सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले जनयुद्धमा होमिएका महिला र पुरुष पनि अनैतिक कार्यमा पनि लागेको उदाहरण र घटनाहरु पेश गरिररहेका छन् ।

सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले माओवादीका केहि नाम चलेका नेताहरुकै नाम किटान गरी यस्तो उदाहरण पेश गरेका हुन् ।