काठमाडौँ – फलामे छडको मूल्य अत्याधिक वृद्धि भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले तीन महिनाको स्टक उपलव्ध गराउन विक्रेताहरुलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले सोमबार काठमाडौंका फलामे छड बिक्रि गर्ने ठूला पसलहरुको संयुक्त रुपमा अनुगमन गर्दै पौष, माघ र फाल्गुन महिनाको स्टक मूल्यसहित तीन दिन भित्र उपलव्ध गराउन निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


एक महिनामा नै छडको भाउमा अत्याधिक वृद्धि भएपछि बजार अनुगमन गरिएको विभागका निरिक्षण अधिकृत विजय भट्टराईले जानकारी दिए । त्यस्तै अनुगमनका क्रममा फलामे छडको मूल्य सूची अपग्रेड नगरेको भन्दै एक पसललाई ५० हजार जरिवाना गरिएको उनले बताए ।

उहाले बिभागले छिटै तेल लगाएत अन्य खाद्य वस्तुको मूल्उबृद्धिका विषयमा बजार अनुगमन गरिने बताए ।