काठमाडौँ– गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् ।


ADVERTISEMENT


काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरेर जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी वसन्त रजौरेलाई ल्याइएएको छ।


ADVERTISEMENT

# # #


अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन् ।

प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा पठाइएको छ ।

कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ ।