काठमाण्डौं-सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन नसकेको कारण प्रदेश १ को सुरक्षा व्यवस्था कमजोर भएको छ । दैनिक उमेद्वारका चुनावी सभा र घरमा बम विष्पोटका घटनामा बृद्धि भएका कारण सरकारले मजबुत सुरक्षा रणनीति बनाउन नसकेको आरोप लागेको छ । दैनिक बम विष्फोटनका घटनाले उमेद्वारको सुरक्षामा समेत असुरक्षित बनाएको छ भने सर्बसाधारणमा समेत त्रास फैलाएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री शेरबहादुर देउवाले हप्तादिन अगाडि विराटनगरमा क्षेत्रीय सुरक्षा गोष्ठीमा पूर्वाञ्चलका सुरक्षा प्रमुखहरुलाई भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका थिए । तर पूर्वाञ्चलका प्रहरी प्रमुखहरु पहिलो चरण र दोस्रो चरण निर्वाचन हुने जिल्लाको सुरक्षा व्यवस्था मिलाउन छाडेर जिल्ला भम्रणका नाममा धार्मिक स्थल र मठमन्दिरको दर्शनमा व्यस्त हुने गरेको पाइएको छ ।


ADVERTISEMENT

# # #


प्रहरी प्रमुखहरु कार्यालयमा बसेर भरपर्दो सुरक्षा रणनीति तयार गरि जनशक्ति परिचालन गर्न असफल भएका कारण देशका विभिन्न जिल्लाहरुमा बम विष्पोटका घटनामा बृद्धि भएको पूर्व डिएसपी तथा संघि लिम्बुवान मञ्चका तर्फबाट सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उमेद्वार कृष्णमान थेबेले बताएका छन्। उनले सुरक्षा मजबुत बनाउन सबैभन्दा पहिला संगठन प्रमुख र मातहतका प्रमुखहरु जिम्ेवारी पूर्वक लाग्नु पर्ने बताए।

प्रदेश नम्बर १ का प्रहरी प्रमुख एआइजी पसुपती उपाध्यायले प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएपनि बब विष्फोटक घटना हुनु दुर्भाग्यपूर्ण भएको बताए । उनले प्रहरी प्रमुखहरु जिल्ला भम्रणमा गएको विषयमा भने जिल्लाको सुरक्षा व्यवस्था अनुगमन गर्न गएको बताएका छन् । मातहतका प्रहरी प्रमुखले सुरक्षा प्रदान गर्न छाडेर ब्याडमिण्टन खेल्न ब्यस्त भएकोमा निर्वाचन भर ब्याडमिण्टन खेल्न बन्द गर्ने बताएका छन् ।

  • विप्लवका पार्टीका सबै कार्यकर्ताहरु भूमिगत
    प्रदेश नम्बर १ का विभिन्न जिल्लामा भएका बम विष्फोटनका घटनाको कसैले पनि जिम्मा नलिएपनि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको अनुमान गरिएको छ। बम विष्फोटनका घटनामा संलग्न भएको आशंकामा झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर लगायतका जिल्लाबाट एक सय १० जनालई विप्लवका कार्यकर्ताहरु पक्राउ गरेको एआईजी पसुपती उपाध्यायले बताएका छन्। ।
    उमेद्वारहरुले चुनावी प्रचारप्रसारलाई तीर्ब पारेपछि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु भूमिगत भएर बम विष्फोट गराई निर्वाचनलाई असफल पार्न लागि परेको प्रहरीको दाबी छ। निर्वाचन आयोगले उमेद्वारी मनोनयन गर्न थालेपछि विप्लवका कार्यकर्ताहरु भूमिगत भएर बम विष्फोटका घटनामा संलग्न हुने गरेको प्रहरीले बताएको छ। प्रदेश नम्बर एक का विप्लवका कार्यकर्ताहरु सबै मोवाइल स्विच अफ गरि भुमिगत भएका छन्।