नवलपरासी , ९ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले बामगठबन्धनको एकताबाट देशमा एकलौटी तानाशाही शासन ल्याउन खोजिएको आरोप लगाउनुभएको छ । नेपाली काग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आज सुनवलमा आयोजना गरेको बिशाल आमसभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले यस्तो वताउनुभएको हो ।


ADVERTISEMENT


नेपाली काग्रेसको नेतृत्वमा बनेको नया संबिधानलाई कम्युनिष्टहरु खारेज गर्ने दिशातर्फ अग्रसर भैरहेको प्रधानमन्त्री देउवाले वताउनुभयो । देशमा कम्युनिष्टहरुले गठबन्धन गरेकाले कम्युनिष्ट शासन आए नागरिकले स्वतन्त्रतापुर्बक जिवनयापन पनि गर्न नपाउने भन्दै उनले


ADVERTISEMENT

# # #


लोकतन्त्रमा नागरिकले स्वतन्त्र पूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने भएकाले अबको चुनावमा लोकतान्त्रिक पक्षधरलाई मतदान गर्न आग्रह गर्नुभयो । साथै प्रधानमन्त्री देउवाले चुनाव पछि पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने समेत दावी समेत गर्नुभयो ।

यसैगरि बिशाल आमसभालाई सम्बोधन गर्न आएका नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बामगठबन्धनबाट देशमा अनिष्ट आउने दाबी गर्दै कम्युनिष्टहरु सधै हिसांको बाटोतर्फ अग्रसर रहने अरोप लगाउनुभयो ।

नेता पौडेलले आउदो प्रतिनिधि र प्रदेशसभाको चुनावबाट बामगठबन्धनले दुई तिहाइ मत ल्याउने सपना ध्वस्त हुने दाबी समेत गर्नुभयो ।
साथै नेता पौडेलले कम्युनिष्टहरु सधै समस्या मात्रै जन्माउने पार्टी रहेको तर कांग्रेस पार्टी समस्या समाधान गरी बिकास निर्माणलाई प्राथमिकता दिदै अगाडि बढ्ने पार्टी रहेको ठोकुवा गर्नुभयो ।

यसैगरी नेपाली काग्रेसका केन्द्रिय एवंम् तथा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ नवलपरासीका उम्मेदबार समेत रहेका नेता देबेन्द्रराज कण्ंडेलले आमसभालाई सम्बोधन गर्दै महेशपुर भन्सार नाकालाई ब्यवस्थित गर्ने धार्मिक क्षेत्र त्रिबेणी धामलाई प्रदेश न. ५ मानै ल्याउने आफ्नो प्रमुख चुनाबी एजेन्डा रहेको बताउनुभयो ।

नेता कंडेलले नवलपरासी जिल्लामा पर्ने त्रिबेणी, पन्डितपुर, देवदह ताल लगायतका धार्मिक स्थलहरुलाई प्रमुख पर्यटकिय गन्तब्य स्थल बनाई आन्तरिक तथा बाह्रय पर्यटकहरु भित्राउनका लागि आफुले जोड दिनुभयो । साथै सुर्यपुरा पावर हाउसलाइ पुन संचालनमा ल्याउने तथा नवलपरासीका सम्पुर्ण हुलाकी राजमार्गहरु कालोपत्रे गर्ने र परासी सुनवल भुमहि हुदै पाल्पा, पोखरा जोड्ने ट्रयाक निर्माण गरी नवलपरासी जिल्लालाई प्रमुख ब्यापारिक केन्द्र बनाउने कण्डेलले प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

पार्टीका कार्यवहाक सभापति अर्जुन कुमार पोखरेलको अध्यक्षतामा भएके सो कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार गुणनिधि तिवारी , बैजनाथ जयसवाल , चुनाब प्रचार प्रसार समितीका संयोजक भरत थापा , पार्टीका सहसभापति शुवासचन्द्र गिरी लगायतले बोल्नुभएको थियो ।

शनिबार समेत एमाले र माओबादी छोडेर ४५० जना नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् ।