काठमाडौँ– डिभिजन वन कार्यालय म्याग्दीले जिल्लास्थित सुरक्षा निकायलाई अग्नि नियन्त्रणका सामग्रीहरु प्रदान गरेको छ ।


ADVERTISEMENT


हिउँदयाममा हुन सक्ने डढेलो नियन्त्रणका लागि खटिने सुरक्षाकर्मीका लागि कार्यालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई रु दुई लाख मूल्य बराबरको अग्नि नियन्त्रण सामग्रीहरु सहयोग गरेको हो ।


ADVERTISEMENT

# # #


कार्यालयले मङ्गलबार आयोजना गरेको डढेलो नियन्त्रणसम्बन्धी जिल्लास्तरीय गोष्ठीका अवसरमा कार्यालयका प्रमुख मनोज रानाभाट, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, प्रमुख हरिकुमार श्रेष्ठले जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ श्यामकुमार राई, सशस्त्र प्रहरी बल गलेश्वरका प्रनाउ हरिबहादुर गुरुङ र श्रीबक्स गुल्म अर्थुङ्गेका मेजर केशव सिलवाललाई उक्त अग्नि नियन्त्रणका सामग्री प्रदान गरिएको थियो ।

कार्यालयले सोटर, मोजा, पञ्जा, सिम्पल क्याप मास्क, साबेल, फुलब्यालक लेदर बुट, सेप्टी हेलमेट, कटन जम्प सुट, रेक हो विथ आइरन हेन्डल, ब्याक ब्याग फायर एकस्टिङ्गगुड स्प्रेयर लगायतका दुई लाख रुपैयाँ मूल्य बराबरको अग्नि नियन्त्रण सामग्रीहरु प्रदान गरेको सहायक डिभिजन वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिए ।

फागुनदेखि जेठ महिनासम्म डढेलोको जोखिम हुने भएकाले सर्वसाधारण नागरिक, वन उपभोक्ता, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधिलगायत सबै सचेत र सतर्क बन्नुपर्नेमा कार्यक्रमका सहभागिले जोड दिएका छन् । म्याग्दीमा हरेक वर्ष वन डढेलोको घटना बढ्दै गएकाले आवश्यक सावधानी र सतर्कतासँगै सचेतना जगाउनुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

उनीहरुले मानवीय अज्ञानता, असावधानी र दुराशययुक्त क्रियाकलापकका कारण डढेलो लाग्ने गरेको बताउँदै आगलागीले निम्तने खतरा र त्यस्ता घटनामा संलगनलाई हुने कारबाही बारेमा समेत सचेतना अभिवृद्धि गर्न सके घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले वनमा डढेलो लगाउनेको पहिचान गरी कानुनी कारबाही गर्न सकेमा मानवीय लापरबाहीले हुने डढेलो नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले डढेलो लाग्नै दिन नहुने र लागी हालेमा पनि सम्बन्धित सरोकारवालाको नेतृत्वमा मानिस, बस्ती र जङ्गललाई जोगाउने काममा समन्वय हुनुपर्नेमा जोड दिए ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले डढेलोको कारण पहाडहरु उजाड बन्ने खतरासँगै मानवीय र भौतिक क्षतिको समेत जोखिम बढ्ने भएकाले आगलागीका घटना हुन नदिनका लागि सबै पक्ष सजग बन्नुपर्ने बताए । रासस