हेटौंडा – नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेस सभा कको बुधबार बसेको बैठकले कांग्रेसको घर–घर जाउँ कांग्रेस जिताउँ अभियानलाई गाउँ–गाउँ टोल–टोल पुर्याउने निर्णय गरेको छ ।


ADVERTISEMENT


प्रदेश सभा कका सभापति खड्ग गोपालीको अध्यक्षतामा बसेको बैठकले कांग्रेसको अभियानलाई गाउँ गाउँ पु¥याउँन प्रदेश कका ३२ वटामा वडामा प्रतिनिधिहरु चयन गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै प्रदेश सभा कको मंगलबारको बैठकले कोषाध्यक्ष र प्रवक्ताको समेत चयन गरेको छ । प्रदेश सभा कको कोषाध्यक्षमा अच्युत अधिकारी र प्रवक्तामा मिलन पुडासैनीलाई चयन गरेको क्षेत्रीय सचिव राजेश सापकोटाले जानकारी दिए ।

यसैगरी बैठकले राजभाइ श्रेष्ठ, श्यामबहादुर थिङ, गिरिजा पुडासैनी, ताराप्रसाद पाण्डे, बिजय पाख्रीन, सुमन गोलेलाई क्षेत्रीय समितिको सदस्यमा मनोनित गरेको छ भने दिनेश बस्नेत, जयबहादुर घलान, निकेशराज ढकाल र श्याम सिंह बोम्जनलाई आमन्त्रित सदस्यको रूपमा चयन गरेको प्रबक्ता मिलन पुडासैनीले जानकारी दिए ।