पोखरा – गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  अभिकर्ताहरुको राष्ट्रिय स्तरको सम्पत्ति शुद्धिकरण सम्बन्धि (AML/CFT)  तालिम सम्पन्न गरेको छ ।


ADVERTISEMENT


बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सँग सम्बन्धित जानकारी कार्यक्रम सुन्दर पर्यटकीय स्थल पोखराको होटल ग्रान्डमा  दिन देश भरिका करिव ४०० उत्कृष्ट अभिकर्ताहरुको सहभागितामा सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रमको प्रस्तुती कम्पनीका कानुन अधिकृत अधिवक्ता बालकृष्ण गजुरेलले   गरे ।

कार्यक्रमको सहजीकरण कम्पनीका कम्पनी सचिव तथा प्रशासन विभाग प्रमुख बोध लाल पुरीले गरे ।

अभिकर्ताहरुले यस सम्पत्ति शुद्धिकरण सम्बन्धि (AML/CFT) तालिम तथा बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सँग सम्बन्धित जानकारी कार्यक्रममा प्राप्त गरेका ज्ञान, अनुभवलाई पेशामा उपयोग गरी कम्पनीको व्यवसायलाई कानुनी तथा नितिगत व्यवस्थाहरुको अधिनमा रही गर्ने प्रतिबद्धता व्यक्त गर्दै धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन भयो ।