काठमाडौं – नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंकले साना तथा मझौला स्तरका मोबाइल बिक्री वितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल बितरक संघसँग सम्झौता गरेको छ।


ADVERTISEMENT


यस सम्झौता अन्तर्गत मोबाइल बितरकको संजालमा रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पूँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउनेछ।


ADVERTISEMENT

# # #


साथै, आफनो व्यवसायको आवश्कता बमोजिम मोबाइल वितरकले बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्क सेवा सुविधाहरु प्राप्त हुने सम्झौतामा उल्लेख गरिएको छ।

उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख निरज कुमार बस्नेत (डनिल), र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन्।

साझेदारीको बारेमा बोल्दै, बस्नेत (डनिल) ले नबिल बैक सदैब साना तथा मझौला स्तरका व्यवसायीहरुको दिगो विकासको लागी समय–सान्दर्भिक कर्जा तथा सुविधाहरु सरल र सहज किसिमले बढी भन्दा बढी व्यवसायीहरुको पहुँचमा पुर्याउन निरन्तर लागी परिरहेको जानकारी गराए।

यस साझेदारी अन्तर्गत संघसँग आबद्ध भएका नेपालभरी छरिएर रहेका मोबाइल वितरक व्यवसायीहरुको वित्तीय आवश्यकता सरल र सहज ढंगले समाधान गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ।