काठमाडौं – एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जिबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरू ल्याएको छ।


ADVERTISEMENT


यसका साथै कम्पनीले दैनिक जिबी डेटा प्याक अन्तर्गत सञ्चालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ।


ADVERTISEMENT

# # #


ग्राहकले अब करसहित एक सय २९ रुपैयाँमा ७ जिबी अल टाइम डेटा प्याकको फाइदा लिँदै प्रतिदिन सात दिनसम्म १ जिबी डेटा प्रयोग गर्न सक्छन्। त्यसैगरी, १४ जिबी अल टाइम डेटा प्याक एक सय ९९ मा लिएर सात दिन सम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्छन्।

यी दुई दैनिक जिबी डेटा प्याकबाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै सञ्चालनमा रहेका डेटा प्याकहरूमा डेटा भोल्युम पनि बढाएको छ। यसअन्तर्गत ग्राहकहरूले पहिले कै मूल्यमा थप भोल्युम सहितको डेटा प्याकबाट फाइदा लिन सक्छन्। भोल्युम बढाइएको डेटा प्याक अन्तर्गत ग्राहकले मात्र एक ६९ मा १०(५ जिबी डेटा खरिद गरी दैनिक १(५ जिबी डेटा सात दिनसम्म प्रयोग गर्न सक्छन्।

पहिले यही शुल्कमा ग्राहकहरूले दैनिक १ जिबीका दरले सात दिनसम्म कुल ७ जिबी पाइरहेका थिए।

अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब दुई सय ६९ रुपैयाँमा २१ जिबी डेटा हरेक दिन ३ जिबीका दरले सात दिनसम्म प्रयोग गर्न सक्छन्। यस अघि ग्राहकले सोहि मूल्यमा १४ जिबी डेटा हरेक दिन २ जिबीका दरले सात दिनसम्म पाइरहेका थिए।

त्यसैगरी, एनसेलका ग्राहकले अब पाँच सय ९९ रुपैयाँमा ४२ जिबी डेटाको फाइदा लिन सक्छन् जस अन्तर्गत ग्राहकले हरेका दिन २८ दिन सम्म १(५ जिबी डेटा प्रयोग गर्न सक्छन्।

यी नयाँ तथा परिमार्जित प्याकहरू आज बुधबार चैत २ गतेबाट सञ्चालनमा ल्याइएका हुन्। प्रिपेड ग्राहकले ८१७१२३८१३ डायल गरी प्राप्त निर्देशन अनुसार सुरू गर्न सक्छन्। त्यस्तै, ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरू खरिद गर्न सक्छन्।

दैनिक जिबी डेटा प्याक अन्तर्गत ल्याइएका नयाँ अल टाइम डेटा प्याकहरू र थप गरिएका डेटा भोल्युमहरूले ग्राहकहरूलाई आफ्ना परिवार तथा साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहिरहन र फागु पर्वलाई अझै धेरै रमाइलो बनाउँदै खुसीयाली साटासाट गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।