काठमाडौं – युक्रेनका लागि चीनका राजदूतले रुसी आक्रमणविरुद्ध युक्रेनको एकता र प्रतिकारको प्रशंसा गरेका छन् ।


ADVERTISEMENT


फान सियानरोङले युक्रेनमाथि चीनले कहिले पनि आक्रमण नगर्ने समेत बताए ।बरू युक्रेनलाई आर्थिक तथा राजनीतिक सहयोग उपलब्ध गराउने फानको भनाइ छ ।


ADVERTISEMENT

# # #


लभिभ क्षेत्रको सैन्य प्रशासनसँगको भेटपछि चिनियाँ राजदूतको भनाइ आएको युक्रेनी पत्रिका युक्रिनफर्मले खबर दिएको हो ।

लभिभमा क्षेत्रीय सैनय प्रशासनका गभर्नर माक्सिम कोजीत्स्कीले चिनियाँ राजदूतको भनाइलाई पुष्टि गर्दै चीनले युक्रेनी जनतालाई दुईवटा ब्याचमा मानवीय सहायता उपलब्ध गराएको बताए ।

उनले भने, ‘चीन र युक्रेन रणनीतिक सहयोगी हुन् । यो वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध कायम भएको ३०औं वार्षिकोत्सव परेको छ ।’