काठमाडौँ– प्रदेश सभा र प्रतिनिधि सभाको पहिलो चरण अन्तर्गत हिमाली तथा उच्च पहाडी जिल्लामा सुरु भएको निर्वाचनमा प्रमुख राजनीतिक दलका केन्द्रिय नेताहरुले पनि मतदान गरेका छन् ।


ADVERTISEMENT


गोरखामा माओवादी केन्द्रका नेता तथा उम्मेदवार नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले मतदान गरेका छन् । श्रेष्ठले गोरखा–२ सिरानचोक गाउँपालिक–८ को जौवारी मतदान केन्द्रबाट मतदान गरेका हुन् भने भटराईले गोरखा २ पालुङटार नगरपालिका अन्नपुर्णमावि खोप्लाङमतदान केन्द्रबाट मतदान गरेका छन् । श्रेष्ठ र भट्टराई दुवैले गोरखा २ बाट प्रतिश्पर्धा गर्दैछन् ।


ADVERTISEMENT

# # #


त्यस्तै एमाले सचिव योगेश भटटराइले ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ नारायणी उमावि मतदान केन्द्रबाट मतदान गरेका छन् । भट्टराई ताप्लेजुङमा बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पनि हुन् । त्यसैगरी माओवादी केन्द्रका नेता तथा रुकुमका उम्मेदावार जनार्दन शर्माले रुकुमको मुसिकोट नगरपालिका यमुनान्दमुना उमावि केन्द्रबाट मतदान गरेका छन् ।

त्यस्तै अर्का नेता बर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्तीले रोल्पाबाट र अग्नि सापकोटाले सिन्धुपाल्चोक २ बाट मतदान गरेका छन् । सिन्धुपाल्चोकमै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले सिन्धुपाल्चोकको सुनकोसी गापा महेन्द्रोदय उमावि केन्द्रबाट मतदान गरेका छन् । राणा सोही क्षेत्रको काङ्ग्रेस गठबन्धनको सहयोगमा राप्रपा प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् ।