नेपालको तराई क्षेत्रमा आज होली उल्लासमय रुपमा मनाइँदैछ । रंग र आत्मीयतासंग जोडिएको यस रंगिन पवमा देखिने उत्सवको माहोल, रंग मिश्रित वातावरण अनि खुसीका रंगिन अनुहारहरू आखिर कसलाई पो मन नपर्ला र ? यसकारण पनि बालकदेखि वृद्वसम्म जो कोही होली खेल्न लालयित हुन्छन् ।


ADVERTISEMENT


यद्यपि हामीमध्ये धेरैले अनुभव गरेकै कुरा हो, होली पर्व मनाउँदा जति रमाइलो हुन्छ, त्यस समयमा प्रयोग गरेको रंग शरीरबाट मेटाउन त्यत्ति नै गाह्रो पनि । अझ, कतिपय अवस्थामा रंगमा प्रयोग भएको रासायनिक पदार्थको मिश्रणले हाम्रो छाला तथा कपालको स्वरुप नै बिगारी रुखो वा सुख्खा बनाउनुका साथै अन्य विभिन्न समस्या समेत निम्त्याउँछ । उसोभए होलीमा प्रयोग हुने रंगबाट आफ्नो छाला र कपाललाई कसरी जोगाउने त ? यस्ता छन् उपायहरुः


ADVERTISEMENT

# # #


होली खेल्नुपूर्व ध्यान दिनुपर्ने पक्षहरुः

१. छालामा कुनैपनि सामाग्री प्रयोग गर्नुपूर्व आइस क्युबले विस्तारै कम्तिमा पनि १० मिनेटजति मसाज गर्नुहोस् । यसले तपाईको छालमा खुल्ला भएका छिद्रहरुलाई बन्द गरी रंगलाई छालाको गहिराईसम्म पुग्नबाट बचाउँछ।

२. यसपश्चात् भने अब बाक्लो लेयर भएको क्रिम वा नरिवलको तेल आफ्नो छाला र कपालमा एप्लाई गर्नुहोस् । यसले छाला र कपाललाई तैलिय राख्दै रंगलाई गाढा रुपमा बस्नबाट रोक्छ ।

३. रंगको प्रभावसंगै यस समयमा लाग्ने चर्को घामले पनि हाम्रो छालालाई उत्तिकै असर गर्ने भएकाले सनब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हुदैँन ।

४. यस्तै, रासायनिक रंगको असर कपालमा धेरै नपरोस् भन्नका निम्ति नरिवलको तेलले कपलालाई राम्ररी मसाज गरेर कपाललाई बाँध्नुपर्छ । सम्भव भएमा कपाललाई छोप्न स्काफ (रुमाल)को प्रयोग पनि गर्न सकिन्छ ।

होली खेलिसकेपछि ध्यान दिनुपर्ने पक्षहरुः

१. अनुहार वा छालामा लागेको रंगलाई हटाउनका लागि हामीले आफ्नो छालामा घर्षण गर्ने गल्ति गर्नुहुदैँन । यसले छालालाई अझ रुखो बनाई अन्य खटिरा र बिबिराको समस्यालाई अझ बढि निम्त्याउँने सम्भावना रहन्छ ।

२. अत्याधिक तातो पानीले छालामा थप आद्रता पैदा गरी छालामा चिलाउने तथा खटिरा निम्त्याउँने भएकोले हामीले छाला सफा गर्दा मनतातो पानीको प्रयोग गर्नुपर्छ ।

३. गाढा रंगलाई हटाउनको लागि मिल्क क्लिजिङको पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोग एकदमै उपयुक्त उपाय पनि हो । रंग लागेको भागमा किल्लिजङ क्रिम लगाई ३–५ मिनेटसम्म त्यत्तिकै छोड्नुहोस् । त्यसपछि त्यस भागमा मनतातो पानीको प्रयोग गरी सफा गर्नुहोस् ।

४. विभिन्न रंगको प्रयोगले छालाको स्वरुप नै बिगार्ने सम्भावना प्रबल रहने भएकाले नुहाई सकेपछि पनि मोस्चराइजरको प्रयोग गर्न बिर्सन हुदैँन ।

५. रंगले कपालमा लट्टा पार्ने र कपालको स्वरुप बिगार्ने हुँदा कपाल चिसो भएको वा कपालमा रंग भएको अवस्थामा कपाल कोर्ने गल्ती गर्नुहुदैँन । यस्ता गतिविधिले कपाल टुक्राउँछ ।

६. कपालको रंग हटाउँदा सर्वप्रथम पानीले मात्रै कपाललाई राम्ररी पखाल्नुपर्छ । त्यसपश्चात् मात्रै स्याम्पुको प्रयोगले कपालको रंग हटाउने कोशिस गर्नुपर्छ ।

विभिन्न एजेन्सीहरुको सहयोगमा ।