काठमाडौं – नेपाली कांग्रेस कार्यसम्पादन समितिको निर्णय बमोजिम पार्टीले नेपाल विद्यार्थी संघको तदर्थ समिति निर्माणलाई तीव्रता दिएसँगै नेविसंघका आन्तरिक वृत्तमा विद्यार्थी नेता जनक चटौत चर्चामा आउन थालेका छन् ।


ADVERTISEMENT


को हुन् चटौत ?


ADVERTISEMENT

# # #


राजनैतिक पारिवारिक वातावरणमा हुर्केका चटौत सात राजनैतिक दल र माओवादीबीच भएको १२ बुँदे सहमति पश्चात् डडेल्धुरा जिल्लामा विद्यार्थी आन्दोलनको नेतृत्व रणनीति निर्माण र सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका नेता हुन् ।

२०६२-६३को जनआन्दोलनताका तत्कालीन नेविसंघ जिल्ला नेतृत्व आन्दोलनमा सहभागिताको विषयलाई लिएर मौन बसेपछि युवा विद्यार्थीलाई नेतृत्व दिँदै आन्दोलनमा होमिएका जनक चटौत नेविसंघ जिल्ला सदस्य, कार्यवाहक अध्यक्षको रुपमा तत्कालीन विद्यार्थी राजनीतिमा चिरपरिचित नाम थियो ।

चटौतले २०६२-६३ सालको जनआन्दोलनपछि नेविसंघ डडेल्धुराको जिल्ला अध्यक्ष हुने इच्छा राखे पनि उच्च शिक्षाका लागि काठमाडौं पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा भर्ना भर्ना भएपछि उक्त चाहनामा पूर्णविराम लाग्यो । चटौतले काठमाडौंमा बसेर जिल्लाको नेतृत्व लिनु न्यायोचित थिएन । तदनुरुप शंकरदेव क्याम्पसको इकाई सहसचिव भएर केहि समय नेतृत्वदायी भूमिकामा रहेका चटौत ६५ सालको स्ववियू निर्वाचनमा नेविसंघ भित्रको आन्तरिक कलहका कारण पराजित हुन पुगे ।

६३ सालदेखि ७३ सालसम्म शंकरदेव क्याम्पसको राजनीतिमा रहेका नेता चटौत पछिल्लो पटक स्ववियू सभापति पदका प्रत्यासी थिए । तर बिडम्बना स्ववियू चुनाव नै हुन सकेन । त्यसपछि उनी क्याम्पस राजनीतिबाटै टाढिए । नेपाल विद्यार्थी संघको ११ औं केन्द्रीय महाधिवेशनताका उपत्यका क्षेत्रबाट सह महामन्त्री-पदमा उम्मेदवारी दिने तयारी चटौतको थियो । तर पार्टी नेताहरुसँग सल्लाह गर्दा पार्टी सभापति, नेविसंघ सभापति र दुई जना अन्य केन्द्रीय सदस्य (महिलासहित) एउटै जिल्लाबाट भन्ने प्रश्न उठेकाले पछाडि हट्नुपर्ने अवस्था आएकोले पछि हटेको चटौत बताउँछन् ।

तत्पश्चात् प्रधानमन्त्रीको स्वकीय सचिवालयमा रहेर चटौतले काम गरे । हालै सम्पन्न पार्टीको चौधौं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका चटौत नेपाली कांग्रेस सातौं जिल्ला अधिवेशन डडेल्धुराबाट चौथो लोकप्रिय मतका साथ विजयी भएका थिए ।

पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माझैं विषयवस्तुमा गहिरो अध्ययन, गहकिला शब्द चयन, वजनदार भाषण र तथ्यसहित प्रस्तुती दिनसक्ने चटौत प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । कुसल संगठक समेत रहेका चटौतलाई नेत्री आरजु देउवा, नेता एनपी साउँद, नेता किसोर सिं राठौर र युवा नेता नैनसिंह महरको साथ छ ।

नेता चटौतले अन्तराष्ट्रिय सम्बन्धमा कुटनीतिमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् । नेतृत्वका आकांक्षी चटौत अबको नेविसंघ देशमा उठेका विद्यमान प्रश्न र कांग्रेसमाथिको आरोपलाई सत्य तथ्य सहित जनतामा पुर्याउन सक्ने, मेसिनरी र मेकानिजमसँगै रणनीति बुझेको कुसल संगठक जनआन्दोलन र स्ववियू निर्वाचनमा सहभागी भई यसको स्प्रीट बुझेको नेतृत्व आवश्यक रहेको बताउँछन् ।

नेता चटौत आगामी चुनावमा करीब १५ देखि २० लाखको हाराहारीमा  १८ देखि ४० वर्ष उमेर समूहका थप मतदाता थपिने कारण यस्तो परिस्थितिमा तिनको मन र मत पार्टीको पक्षमा पार्न सक्ने क्षमताको नेविसंघ बनाउने दृढ संकल्पका साथ नेविसंघको नेतृत्व लिन चाहान्छन् ।