काठमाडौं – नेपाल आइडल सिजन ४ को विजेता भैरहवाका भूपेन्द्र थापा भएका छन् । ​एपि वान च्यानलबाट गायन प्रतिभा चौथो संस्करण नेपाल आडलमा टप ५ मा पुगेका उनी सबैभन्दा बढी भोट पाएर विजेता बनेका हुन ।


ADVERTISEMENT


भूपेन्द्रसँगै ५ प्रतिस्पर्धी थिए । उपाधिसँगै उनले ३० लाख रुपैयाँ नगद र ट्रफी पाएका छन् । त्यस्तै, फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेण्ड रनरअप रामेछापका रञ्जित नेपाल भएका छन् ।


ADVERTISEMENT

# # #


झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए ।