शेयर बजार सम्बन्धि ज्ञान बढाउने ६ दिने लगानी साक्षरता बुटक्याम्प सफलतापूर्वक सम्पन्न भएको छ । मल्पी इन्टरनेशनल कलेजको सेन्टर फर फाइनान्स, बैंकिङ एण्ड इन्स्योरेन्सले आफ्ना कर्पोरेट साझेदारहरूसँगको सहकार्यमा आयोजित बुटक्याम्प सम्पन्न भएको हो ।


ADVERTISEMENT


यहि मार्च ६ तारिखदेखि ११तारिखसम्म सञ्चालित सो कार्यक्रममा सहभागीहरुलाई नेपालको शेयर बजारमा लगानी कसरी शुरू गर्र्ने भन्ने विषयसम्बन्धि जानकारी प्रदान गरिएको थियो । बुटक्याम्पमा शेयर बजारमा आफ्नो यात्रा सुरु गर्ने योजनामा रहेकाहरूको लागि विशेष रूपमा प्रस्तुत गरिएको थियो।


ADVERTISEMENT

# # #


एनआईबीएल एस क्यापिटल लिमिटेड एवम् अनलाइन सेक्युरिटिज प्रा.लिसंगको विशेषज्ञहरूको समन्वयतामा सम्पन्न उक्त साक्षरता बुटक्याम्पमा सोहि क्षेत्रका विशेषज्ञहरु एसएमटिएम क्यापीटल तथा दिलिप कुमार मुन्नाकर्मीमार्फत आवश्यक ज्ञान प्रदान गरिएको थियो ।

यस्तै कार्यक्रममा सहभागि हुन छुटेकाले एनसेल पाठशालामा गई वेबिनार खण्ड अन्तर्गत, प्रत्येक दिनको रेकर्डिङ को लागि एनआईबिएल एस क्यापिटलको ब्यानरमा क्लिक गरेर आवश्यक जानकारी लिन सक्नेछन् ।