काठमाडौँ – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुला भएको छ । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आजदेखि आवेदन दिन पाइने गरी भर्ना खुलेको हो ।


ADVERTISEMENT


भर्ना खुलेसँगै आगामी चैत ११ गतेसम्म आवेदन दिन सकिने भए पनि पहिलो दिन नै देशभरका जिल्ला प्रहरी कार्यालयमा आवेदन दिनेहरुको घुइँचो लागेको छ । म्यादी प्रहरीका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्छन् । तर, आवेदन दिनेहरु अधिकांश युवा उमेरका रहेका छन् ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी परिसर टेकुमा म्यादी प्रहरीका लागि आवेदन दिनेको लाइन ।

सरकारले स्थानीय निर्वाचनका लागि १ लाख १९ हजार म्यादी प्रहरी भर्ना गर्दैछ । चैत १५ बाट सुरु हुने छनोट प्रक्रियाको अन्तिम नतिजा चैत २२ मा प्रकाशित हुनेछ । चैत २८ देखि ७ दिन तालिम दिएर म्यादी प्रहरीलाई काममा खटाउने तयारी छ ।

महानगरीय प्रहरी परिसर टेकुमा म्यादी प्रहरीको आवेदन तयार पार्दै।

महानगरीय प्रहरी परिसर टेकुमा म्यादी प्रहरीको आवेदन बुझ्दै प्रहरी ।

जिल्ला प्रहरी कार्यालय चितवनले माग गरेको म्यादी प्रहरीमा आवेदन दिन लामबद्ध युवा । तस्बिर : रासस

जिल्ला प्रहरी कार्यालय चितवनले माग गरेको म्यादी प्रहरीमा आवेदन दिन लामबद्ध युवा । तस्बिरः रासस

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आवेदन दिन पुगेका युवा । तस्बिरः रासस

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आवेदन दिन पुगेका युवा । तस्बिरः रासस

जिल्ला प्रहरी कार्यालय चितवनमा म्यादी प्रहरीका लागि फारम बुझाउँदै । तस्बिरः रासस