चितवन– बालयौन दुर्व्यहार गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा सोमेश्वर माध्यामिक विद्यालय माडीका शिक्षक सुरज लामिछाने रहेका छन् । माडी नगरपालिका–५ निवासी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उनलाई कक्षा ९ मा अध्ययनरत १५ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

पक्राउ परेका शिक्षकमाथि अनुसन्धान शुरु गरिएको उनको भनाई छ । रासस