काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला  एक लाख ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला  ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज  ८०० रुपैयाँले बढेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९९ हजार ८०० रुपैयाँ छ । यसको मूल्य सोमबार प्रतितोला  ९९ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  २० रुपैयाँले बढेर  एक हजार ३९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।


ADVERTISEMENT

# # #


अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ । रासस