काठमाडौँ – नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ४ हजार ४ सय ९५ पीसीआर परीक्षणका क्रममा ३५ जना र २ हजार ९९ एन्टीजेन परिक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । त्यस्तै थप ४ सय ८१ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६३ हजार ५ सय ९२ जना निको भएका छन् ।

हाल नेपालमा २ हजार ६ सय ८८ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।