काठमाडौँ – पहिलो चरण अन्तर्गत आज ३२ जिल्लामा भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अपरान्ह ५ बजे सकिएको हो । यद्यपी मतदान भने जारी छ । ५ बजेभन्दा अगाडी लाइनमा लागेका मतदातले भने मत दिन पाउने छन् ।


ADVERTISEMENT


अपरान्ह ४ बजेसम्ममा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ । ७० प्रतिशत भन्दा बढी मतदान हुने आयोगको अनुमान रहेको छ ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा चार हजार ४६५ मतदान केन्द्रहरुमा मतदान भएको थियो ।