काठमाडौँ – नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको केन्द्रीय घोषणापत्र मस्यौदा गर्न कार्यदल गठन गरेको छ ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष तथा नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलले चैत मसान्तभित्र घोषणापत्रको मस्यौदा केन्द्रीय सचिवालय समक्ष बुझाउने छ ।


ADVERTISEMENT

# # #


त्यस्तै घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने र सोही दिन ७५३ वटै पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

त्यसअघि घोषणापत्रको तयारीका लागि अध्यक्ष ओलीले चैत १६ गते ७६३ वटै पालिकाका कमिटीका प्रतिनिधिहरूसँग केन्द्रीय कार्यालयबाट भर्चुअल संवाद गर्ने तय एको उनले बताए । त्यस्तै बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ ।

एमालेले उम्मेद्वार चयनका लागि ६ वटा मापदण्ड पारित गरेको रिजालले बताए । आगामी निर्वाचनका लागि कार्यक्रम गर्दा बढीमा ५ जनामात्र अतिथि राख्ने र ५ जनासम्मको मात्र भाषण राखिने पनि तय भएको उनले जानकारी दिए ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उच्च मनोबलका साथ चुनावी मैदानमा उत्रिन केन्द्रिय सदस्यहरुलाई निर्देशन दिएका थिए । गठबन्धनको भयबाट मुक्त भए चुनावमा जान ओलीले निर्देशन दिएको प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिए ।