काठमाडौँ– नेपालमा अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) कार्यक्रमको तेस्रो संस्करण सम्पन्न भएकोे छ ।


ADVERTISEMENT


स्वतन्त्र देशको ७५ औँ वर्षको अवसरमा भारतले आजादीका अमृत महोत्सव’ अन्तर्गत नेपालमा आयोजना गर्न लागेको सो कार्यक्रम बिहिवार सम्पन्न भएको हो । सो कार्यक्रम भारतले यसअघि पनि नेपालमा दुई पटक आयोजना गरिसकेको छ ।


ADVERTISEMENT

# # #


एक समारोहबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र भारतीय राजदूत विनय क्वात्राले आज संयुक्त रुपमा कन्क्लेभ–कनेक्टको तेस्रो संस्करणको उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा नेपाल–भारतका युवा उद्यमी, लगानीकर्ता, उद्यम पूँजीपति एवम् विज्ञहरुका विचारदेखि व्यापार मोडलसम्म, समस्यादेखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुहरुमा एक अर्काका अनुभवहरु साझा गरेका छन् ।

कन्क्लेभ–कनेक्ट क्लब बिजनेश इनोभेशनको आयोजकत्व रहेको उक्त कार्यक्रमको साझेदार भने जीएमआर, टाटा मोटर्स, टाटा मेडीटेक र टुटललगायत रहेका थिए ।