काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पपुवा न्यूगिनीविरुद्धको एकदिवसीय खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।


ADVERTISEMENT


खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ः३०देखि सुरु हुनेछ । नेपालका लागि युवा खेलाडी देव खनालले राष्ट्रय टोलीमा डेब्यू गरेका छन् ।


ADVERTISEMENT

# # #


युएईमा आईसीसी ओडीआई लिग–२ का खेल खेलेका यी दुई टोली नेपाली मैदानमा पहिलो पटक एकदिवसीय खेलका लागि भिड्न लागेका हुन् ।

नेपालको अन्तिम ११
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्र सिंह ऐरी, देव खनाल, सोमपाल कामी, कुशल भुर्तेल, कमलसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, पवन सर्राफ, अनिल कुमार शाह र भीम सार्की ।