काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युएस प्यासिफिक कमान्डका कमान्डर एडमिरल ह्यारी बि ह्यारिजसँग आज भएको शिष्टाचार भेटवार्तामा नेपालको सुरक्षासहित अन्य क्षेत्रमा अमेरिकाले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्रीले गत भूकम्पका बेला प्राप्त अमेरिकी सेनाको सहयोग उच्च साझेदारीको नमुना भएको बताउँदै त्यसक्रममा नेपालका गाउँमा उद्धारमा खटिँदा ज्यान गुमाउने छ अमेरिकी सेनाप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकाकुल अमेरिकी जनता र सेनाप्रति समवेदना प्रकट गरे।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीले नेपाल र अमेरिकाबीच ७० वर्षदेखि नजिकको सम्बन्ध रहेको बताउँदै नेपालको विकास, सुरक्षा र सामाजिक सुधारका क्षेत्रमा अमेरिकाले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनले आगामी दिनमा पनि अमेरिकासँग विगतको झैं सहकार्यको अपेक्षा गरे ।

भेटमा कमान्डर एडमिरल ह्यारिजले नेपालसँग अमेरिका तथा अमेरिकी सेनाको आत्मीय सम्बन्ध रहेको बताए। उनले नेपालको स्टाफ कलेजमा अमेरिकी सेनाले पढ्ने गरेको तथा नेपालबाट ‘माउन्टेन वारफेर’ सिक्न पाएकामा धन्यवाद दिए ।