झापा – झापाबाट सवारी ज्यान मुद्दाका एक  फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हल्दीबारी गाउँपालिका वडा नं ५ का  ३७ वर्षीय हेम कुमार फागुलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


फरार प्रतिवादी हेम कुमारलाई सम्मानित झापा जिल्ला अदालत झापाले २०७६ साल असार ३० गते सवारी ज्यान मुद्दा शीर्षकमा सजाय सुनाएको थियो ।


ADVERTISEMENT

# # #


उनलाई जिल्ला  प्रहरी कार्यालय झापाको प्रहरी टोलीले नियन्त्रणमा लिई मिति शुक्रबार  फैसला कार्यन्वयनको निमित्त सम्मानित झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराएको छ ।

अदालतको आदेशबमोजिम  प्रतिवादीलाई फागुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको कार्यालयका सूचना सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।