काठमाडौँ– निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा आइतबार (मंसिर १० गते) सम्पन्न भएका ३२ जिल्लाका २ हजार ५७ मतदान स्थलका मतपेटिका सदरमुकाममा ल्याएको छ ।


ADVERTISEMENT


निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारी अनुसार, सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ ।


ADVERTISEMENT

# # #


यसैगरी, अन्य ७४१ मतदानस्थलका मतपेटिकाहरु पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी रहेको पनि आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

मतदानमा ६५ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण प्राप्त भएको बताइएको छ ।