जाजरकोट– आइतबार सम्पन्न निर्वाचनको मतपेटिकालाई लिएर सदरमुकाम आउँदै गरेको टोलीलाई लक्षित गरेर बम विस्फोट गराइएको छ ।


ADVERTISEMENT


आज बिहान कुशे गाउँपालिका १ को मत पेटिकालाई लक्षित गरेर बम विस्फोट भएको हो । विस्फेटबाट मतपेटिका बोेकेका सहयोगी
शान्त बहादुर बस्नेत सामान्य घाइते भएको प्रहरी नायब उपरिक्षक भावेश रिमालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


कुशे गाउँपालिका १ को रोलखोला भन्ने ठाउँमा बम विस्फोट भएको हो ।एक जना सहयोगी सामान्य घाइते बाहेक अन्य कुनै क्षति नभएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए ।

मतपेटिका पनि सुरक्षित रहेको र बेलुकासम्म सदरमुकाम पुगाउने उनले जानकारी दिए । नेत्र विक्रम चन्द विप्लवको नेतृत्वको नेकपाका कार्यकर्ताले विस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ ।

गत शुक्रबार मात्रै सोही वडाका वडाध्यक्ष गोपाल नेपाललाई विप्लवका कार्यकताले अपहरण गरेका थिए ।