काठमाडौँ – नेकपा एमालेले बेल्ट एण्ड रोड अवधारणा (बीआरआई)सँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारसंग आग्रह गरेको छ ।


ADVERTISEMENT


आइतबार चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीचको भेटवार्ताका क्रममा बिभिन्न परियोजना अगाडी बढाउन आग्रह गरिएको एमाले नेता राजन भट्टराईले जानकारी दिए । भेटवार्ताका क्रममा कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहज रुपमा फर्कने वातावरण बनाइदिन आग्रह गरिएको उनले बताए ।


ADVERTISEMENT

# # #


तातोपानी र रसुवागढी नाकाको नियमित सञ्चालनका लागि एमालेले चिनियाँ विदेशमन्त्री वाङलाई आग्रह गरेको र एमालेले गरेको आग्रहलाई विदेशमन्त्री वाङले सकारात्मक रुपमा लिँदै नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताएको भट्टराईले जानकारी दिए ।

शुक्रबार नेपालको भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् । उनले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए ।